बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्‍यो: उपमहासचिव ज्ञवाली

काठमाडाैं | जेठ ४, २०८०

बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्‍यो: उपमहासचिव ज्ञवाली

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् । 

 

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् ।

 

उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’

 

उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए । 
‘

अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्